दफा ३४
नेपाल सरकारले निर्देशन दिन सक्ने
 (१) नेपाल सरकारले संविधानको धारा २३२ को उपधारा (२) बमोजिम प्रदेशहरु बीच समन्वय गर्नु पर्ने वित्त सम्बन्धी विषयमा प्रदेश मन्त्रिपरिषद्लाई आवश्यक निर्देशन दिन सक्नेछ र त्यस्तो निर्देशनको पालना गर्नु प्रदेश मन्त्रिपरिषद्को कर्तव्य हुनेछ ।
(२)  नेपाल सरकारले संविधानको धारा २३२ को उपधारा (८) बमोजिम वित्त सम्बन्धी विषयमा आफै वा प्रदेश मार्फत् स्थानीय तहलाई आवश्यक निर्देशन दिन सक्नेछ र त्यस्तो निर्देशनको पालना गर्नु स्थानीय तहको कर्तव्य हुनेछ ।